Posts

Showing posts from May, 2021

Indigenous breed of Goat in Nepal

/data/user/0/com.microsoft.office.officehubrow/app_EmailAttachmentsca757e54-cc2e-4c92-bd0e-695f303b59aa/1622379946834_NEPAL POLYTECHNIC INSITITUTE.pptx

कृषि क्षेत्रको बजेटमा वृद्धि

Image
सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ। कृषि क्षेत्रमा बिनियोजित बिस्तृत रुपमा जानकारी लिन तल हेर्नुहोस:

बहुउपयोगी जडिबुटी गुर्जो र यसको उपयोगीता:

Image
परिचय : यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूलमेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो । यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावामा लहरिएका हुन्छन् ।गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ ।यसका पातहरु एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७—८वटा नशाहरु भएका करीब १० सें.मी लामा हुन्छन् । यसका फलहरु आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् । फैलाबट: यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।उपयोगीता:यस

कसरी_गर्ने_नर्सरी_स्थापना_र_ब्यवस्थापन:

Image
  तरकारी नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलीला तरकारीका बिरुवालाई रोप्नका निम्ती  अर्को स्थायी ठाउँसम्म नलैजादा अन्त्यन्त स्याहार गरिने  स्थललाई बुझ्नुपर्दछ । सामान्यतय,तरकारी बाली बिउ वा आमा बोटबाट प्राप्त हुने भागबाट खेती गरिन्छ। सिधै बिउबाट लगाईने तरकारी बालिमा भिन्डी, केराउ, बकुल्ला, बोडी,मुला, सलगम, गाजर, फर्सी, साग, धनीया, मेथी,आदी छन भने आमा बोटको भागबाट लगाईने तरकारीमा पिडालु,अदुवा, बेसार, आलु, कुरिलो, पर्वल, कुद्रुम, आदी पर्दछन। तर त्यहा त्यस्ता तरकारीका जात पनि छन    जसको बिउ अतिनै सानो हुन्छ र पहिले बिउ छरेर नर्सरी राखिन्छ अनी उपयुक्त बेला आएपछी खेतमा लगाईन्छ। यसरी सारीने तरकारी बालिमा काउली, बन्दा,ब्रोकाउली, प्याज, गोलभेडा, भान्टा, खुर्सानी आदी पर्दछन।  निम्न कारणका लागि तरकारी पहिले नर्सरिमा लगाइने गरिन्छ:-  १)नर्सरिमा बिउ उम्रन र सप्रन चाहिने  उपयुक्त अवस्थाको सिर्जना गर्न सकिन्छ। २) साना तथा कलीला बोटहरुमा लाग्ने किरा,झार अनी किटाणुको आक्रमणबाट बिरुवालाई बाचाउन र हेरबिचार गर्न सानो ठाउमा सहज हुन्छ।     ३)आर्थिक दृष्‍टिकोणले हेर्ने हो भने नर्सरी बनाएर

काजु (Cashewnut) खेती प्रबिधि :

Image
काजु एक स्वादिष्ट र उपयोगी फल हो । यसको खाने भाग दाना (कर्नेल नट) स्याउजस्तो देखिने केसु एपलको तल्लो भागमा लाग्छ । काजु दानाको बाहिरी खोल कडा हुन्छ । काजुको दानालाई प्रशोधन गरि खानको निमित्त प्रयोगमा ल्याइन्छ । यसमा २१% प्रोटिन , ४७% चिल्लो पदार्थ पाइन्छ । यसको उत्पत्ति ब्राजिलमा भएको मानिएको छ । हावापानी : यो उष्ण प्रदेशिय फल हो । समुन्द्र सतह देखी १००० मिटरको उचाइसम्ममा पनि काजु फलाउन सकिन्छ । यसको लामो अबधिसम्म बढी गर्मी वा ज्यादा ठन्डि सहन सक्तैन । गर्मीमा अधिकतम तापक्रम ३७°से भन्दा बढी र जाडोमा न्युनतम तापक्रम १५°से भन्दा कम हुने क्षेत्र काजु खेतीको लागि उपयुक्त हुदैन । वार्षिक वर्षा १५०० देखि २५०० मिमि र आद्रता ७०-८० प्रतिशत काजुको निम्ति उपयुक्त मानिन्छ । माटो : काजु खेतीको लागि दुमट वा बलौटे दुमट पिएच ६-७ भएको माटो उत्तम मानिन्छ । पानी निकासको राम्रो व्यवस्था हुनुपर्छ ।  जात :  केसु एपलको रङको आधारमा (रातो,पहेलो,गुलाबी) र आकारको आधारमा (गोलो,लाम्चो) किसिम छुट्याइन्छ । भारतमा लगाइएको जातहरु बिपिपी , भेङुर्ला, भि आर आई , उल्लास सेरिजमा छ्न । बिरुवा उत्पादन : बिरुवा उत्पादन धेरैजस

बाली संरक्षण सम्बन्धि जानकारी

Image
  #ब्याक्टेरिया ,भाइरस ,परजीवी ,ढुसी र फाइटोप्लाज्मा बाट  सर्ने  केहि रोग हरु: #ब्याक्टेरिया बाट  लाग्ने रोग: 1) धान को डढुवा 2) मकै को डाठ कुहिने  3) गोल्भिंडा को डाठ कुहिने  4) आलु को ओइलाउने रोग 5) काउली को black roT  6) citrus greening  7) citrus canker  #भाइरस बाट लाग्ने रोग: 1) रहर को sterility ( बाझोपन)  mosaic भाइरस ले सार्छ। 2) केरा को ठिङुरे( bunchy top )  3) सुन्तला को टिस्ट्रेजा भाइरस  4) आलु मा 26 वटा भाइरस रोग पत्ता लागेको छन । जस्मा 6 रोग सबैभन्दा बढी लागेको छ। जसलाई 3 समुह मा बिभाजन गरिन्छ ।नेपाल मा कार्डिनल,ipy कुफ्री ज्योती लगायत 6 जात भाइरस प्रतिरोधी छन ।leaf curl virus ,mosaic virus ,turnip mosaic आदि 5) गोल्भिंडा मा 4 प्रकार को भाइरस रोग लाग्छ  6) धान को पहेलो रोग ,धान   धर्से रोग,धान को वृद्धि रोकिने 7) काउली को टर्निप mosaic virus  8) काक्रो मा cucumber mosaic virus  9) सिमि मा mosaic virus  10) अलैंची को छिर्के र फुर्के  11) मकै मा ओइलाउने :  [ नोट:  cucumber mosaic virus खपटे र लाही ले,bunchy top लाही ले,turnip mosaic virus लाही ले,leaf curl virus सेतो झिंगा मक

chutro plant and its uses

Image
 CHUTRO (किल्मोडा) Scientific name : Berberis aristata Family : Berberidacese Introduction: B.aristata is native to Himalayas in India and in Nepal. It is an errect spinous shrub, often found in small patches on bill slopes. It is one of very important medicinal plant. Almost every part of the plant has some medicinal value. Its roots, stem, bark and fruits are used in many ayurvedic preparations. This shrub is found growing wild in sub-Himalayan tract at altitude ranging from 800-2500 meters. Uses and importance  The fruits can be eaten by human and also used for producing wine. The roots are used in treating ulcers, urethral discharges, ophthalmia, jaundice, fevers, etc. In Nepal, a very valuable preparation called rasaut is prepared from this plant. For preparing rasaut, the bark of the root and of the lower part of the stem is boiled in water, strained and evaporated till a semi-solid mass (rasaut) is obtained. Rasaut is fairly soluble in water. It is mixed with butter and alum, or

गुल्मीलाई प्राबिधिक छेत्रमा अब्बल बनाउन Gulmi AVF ग्रुप स्थापना हुँदै:

Image
   गुल्मी कृषि पशु र बन बिज्ञान बिद्यार्थी समाज नामक ग्रुप समग्र गुल्मी जिल्ला भित्र रहेका कृषि पसु र बन बिज्ञान सङ्काय बिद्यार्थीको एकता सङै कृषि पसु र बन छेत्रको बिकासमा कटिबद्द भइ लाग्न र जिल्ला भित्र कृषि पशुलालन र बन छेत्रका समस्या पहिचान गर्ने र तिनको समस्या समधान का लागि गुल्मी जिल्ला भित्र रहेका कृषि बन पसु प्राबिधिक सुल्झाउने र आफू सकदो छेत्रबाट सहयोग गर्ने र आत्मनिर्भर बनाउन कदम हरु चाल्ने हो । अब यो ग्रुपमा कमिटी बनाएर छिटोभन्दा छिटो दर्ता प्रक्रिया पूरा गरि कटिबद्ध का साथ अगाडि बढाउ र गुल्मि जिल्ला आत्मनिर्भर बनाउन पहल गरौ र यहाँ भएका प्ररचुर सम्भावना को खोजि गर्न अग्रसर बनौ ।

किसानका समस्या समधान गर्न कार्यदल गठन :पद्माकुमारी अर्याल

Image
  कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण गरेको बताएकी छिन् । गत वर्षको लकडाउनमा किसान प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको निषेधाज्ञामा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको दावी गरिन् । “अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गरिरहेका छौं ।” उनले भनिन् । यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा निषेधाज्ञा लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोगबारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताइन् । कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दि

True Potato Seed (TPS) आलु खेति प्रबिधि

Image
 True Potato Seed (TPS) आलु खेति गर्नेे तरिका सम्बन्धि जानकारी । परिचय:  हाम्रो देशको मध्य तथा उच्च पहाडी भेकमा आलु खेति लामो दिन भएको बेला गरिने हुनाले आलुको बोटमा फुल फुलेको अथवा गोलभेडा जस्तो फल लागेको देखिन्छ। यसलाई आलुभेडा वा वेरि पनि भनिन्छ। यस भित्र भएको  वियाहरु नै आलुका बिउ हुन, जसलाई अंग्रेजीमा True potato seed भनिन्छ। बिया आलुको जातहरुः  1) HPSII/67  2) HPS7/67  3) HPS!/13  सिफािरस क्षेत्र      तराई, पहाड , हिमाल १) बीउ दर       ४-५ ग्राम पर्ति रोपनी २)मलखात    कम्पोष्टःःः१५०० के.जी प्रति रोपनी    युरियाःःः ७   के.जी प्रति रोपनी    डि।ए,पीःःःः ११  के.जी प्रति रोपनी      वा    अर्गानिक मल (Black Wonder)::: १२ के.जी प्रती रोपनी    पोटासःःःःः ५  के.जी प्रति रोपनी ३) बिया रोप्ने तरिका  बियालाई सिधै व्याडमा रोप्नु भन्दा २४ घण्टा सम्म सफा पानीमा भिजाएर रोप्दा राम्रो हुन्छ।बिया रोप्दा लाईन देखि लाईन सम्म १० से.मी र बिउ देखि बिउ सम्म १०  से.मू दुरि राखि  १ से.मी  गहिराईमा रोप्नुपर्छ। बीउ रोपि सकेपछि खरानीले छोपन्ने ४) मुख्य जग्गाको तयारी   बेर्ना सार्नु भण्दा अघी साधारण आलुको लागि ज

प्राकृतिक स्रोत ब्यवस्थापन कलेज माडिचौर , रोल्पामा अध्यनरत विद्यार्थी हरुले उत्पादन गरे च्याउ:

Image
  कृषि  तथा बन बिज्ञान बिश्वबिद्धालय को आङ्गिक क्याम्पस प्राकृतिक स्रोत तथा ब्याबस्थापन कलेज माडिचौर  रोल्पामा कृषि सङ्कायमा अध्यनरत बिद्यार्थी हरु ले सम्बन्धित कलेज का प्राध्यापक लगायत अन्य प्राबिधिक को सहयोग द्वारा उत्पादन गरेको च्याउ ।                        फोटो:अस्मिता आचार्य(प्राकृतिक स्रोत तथा ब्याबस्थापन कलेज माडिचौर  रोल्पामा कृषि सङ्कायमा अध्यनरत बिद्यार्थी )

कन्ये च्याउको परिचय र महत्व -:

Image
च्याउ एक कसिमिको हरतिकण नभएको ढुसी हो। जङ्गली र खेती गरिँदै आएका समेत गरी नेपालमा करिब ७०० प्रजातिका च्याउ पाइन्छन्। यसमध्ये कतिपय विषालु प्रकृतिका छन्। वनजँगलमा पाइने विभिन्न प्रकारका च्याउ हजारौँ वर्ष देखि मानिसहरुले  खाँदै आएका छन्। सुरक्षीत रुपमा च्याउ उपभोग गर्नका लागि उत्पादकले उन्नत प्रविधि अपनाएर उत्पादन गर्नुपर्ने हुन्छ र उपभोक्ताले पनि सुरक्षीत तवरले उत्पादित च्याउ मात्र प्रयोग गर्नुपर्ने हुन्छ। आजकल कृत्रिम तरिकाले आफ्नै घर, गोठ आदि ठाउँमा खेती गरी वर्षै भरी च्याउ उत्पादन गर्न सकिन्छ । व्यावसायिक रूपमा पनि सजिलैसँग उत्पादन गर्न सकिने विभिन्न खालका च्याउहरु मध्ये कन्ये च्याउले महत्वपूर्ण स्थान ओगटेको छ । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्वहरू पाइने र सजिलैसँग पचाउन सकिने भएकोले बच्चादेखि बूढाबूढीहरूका लागि अति उपयोगी छ । यसमा प्रायः सबै किसिमका एमिनो एसिडलगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त च्याउमा खनिज पदार्थहरू, चिल्लो पदार्थका साथै कार्वोहाइडे«ट्स पनि प्रशस्त मात्रामा पाइन्छ ।   च्याउमा पाइने पौष्टिक तत्वहरु

एभोकाडो फल Avocado र यसको खेती प्रबिधि :-

Image
 एभोकाडो फल Avocado र यसको खेती प्रबिधि :-        एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ !  मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो ! सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ! समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ! पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् ! नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ! संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ! नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् ! पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ ! नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ ! एभ

भुँई स्याउ(Ground Apple or Yacon) काे उपयाेगीता र अाैंषधीय गुणहरू :

Image
          भुँई स्याउलाई एक किसिमकाे बहु उपयाेगी बालीकाे रूपमा लिन सकिन्छ । यसलाई अङ्ग्रेजीमा ग्राउन्ड एपल(Ground Apple) भनिन्छ । याे बिरूवालाई याकाेन (Yacon) पनि भनिन्छ । यसकाे उपयाेगिताहरू निम्न छन्  । १.पातलाई चियाकने रूपमा उपयाेग गर्न सकिन्छ । २. जरा वा गानाेलाई सलाद, जुस, सिरप र सुकनएर चानाकाे रूपमा उपयाेग गर्न सकिन्छ । अाैंषदीय गुणहरू : १.  याे बिरूवाकाे पात र जरामा Inulin तत्व पाईन्छ । जसकाे कारणले गर्दा गुलियाे पना हुन्छ । जुन गुलियाे पना  हाम्रो शरीरले पाचन गर्न सक्दैन । तसर्थ याे सुगर राेगीहरूकाे लागि एकदम उपयाेगि हुन्छ  र शरिरकाे काेल्ड स्ताेर घटाउन मदत गर्दछ । २.  यसकाे जरा सेवनले पाचन क्रियामा सहयोग पुर्‍याउँछ ।  ३. यसमा रहेकाे anti oxidant तत्वले क्यानसर जस्ताे प्राणघातक राेग लाग्नु बाट बचाउँछ । ४. याे बिरूवामा एक किसिमकाे तत्व पाईन्छ जसलाई Fructooligosaccharides(FOS) भनिन्छ । यो तत्वले मनब शरिरमा insulin उत्पादन गर्न सहयाेग पुर्‍याउँछ । यने नियमित सेवनले माेटाेपन घटाउनुकाे साथै शरिरमा चिनीकाे लेभल घटाउन सहयाेग गर्छ । ५. यसमा भिटामिन ए र भिटामिन सी पनि प्रचुर मात्रामा पाईन

कागुनों (foxtail millet) बारे जानकारी

Image
प्रोटिन ,चिल्लो पदार्थ र खनिजका लागि सर्वश्रेष्ठ बाली हो,कागुनो। करिब तीन देखि चार महिनामा उत्पादन लिन सकिने यो बालिको भात,खिर, ढिंडो ,रोटी खान सकिन्छ।पशुबस्तुलाई आहार पनि हुन्छ। असिन्चित ,रुखो, पाखो , पानी नजम्ने बारीमा समेत खेती गर्न सकिने कगुनो  खेती पछिल्लो समय लोप हुँदै गएको छ। बर्खे बालिकाका रूपमा खेती गर्न सकिने यो बाली उच्च पहाडी भेगमा चैत अन्तिमतिर लगाउन सकिन्छ।तल्लो पहाड , मध्यपहाडी र बेसितिर बैशाख अन्तिमतिरबाट जेठसम्म लगाउन सकिन्छ।

तेलहन बाली तिल(sesame) खेती प्रविधि :

Image
  तराई ,भित्री मधेस, मध्यपहाडी बेशी र टारहरुमा तिलको व्यावसायिक खेती गर्न सकिन्छ। तिलको खेती तेलका लागि गरिए पनि यसको दाना अचार, मिठाई, लड्डुका लागि र पिना विरुवामा मलको रुपमा प्रयोग हुन्छन्। यसले न्यानो हावापानी मन पराउने हुँदा १२५० मिटरको उचाईसम्म राम्रो उत्पादन लिन सकिन्छ। तिलको बृद्धि विकासको लागि २५-२७ डिग्री से. तापक्रमको आवश्यक पर्दछ। लामो खडेरी,लगातार वर्षा र पानी जम्ने अवस्थामा बाली फस्टाउदैन। प्राय सबैखाले माटोमा तिलको खेती गर्न सकिन्छ।  पिएच ५.५-८ भएको माटो उपयुक्त हुन्छ। नेपालमा प्रचलित जातहरु:नवलपुर खैरो, सि एच २(कालो) ,एसेसन नम्बर ६८५८(सेतो) कतै बसन्ते बालीको रूपमा माघ फाल्गुन तिर लगाइन्छ भने कतै बैशाख अन्त्यतिरबाट असार सम्म लगाइन्छ। बिउ लगाउदा ३० सेमीको फरकमा २-३अंगुल गहिरो रोप्नुपर्छ। एक हेक्टरको लागि ५-७ केजी बीउको आवश्यकता पर्दछ। एक हेक्टरमा १०००-१२०० केजी उत्पादन लिन सकिन्छ।

निमको उपयोगिता:

Image
तराई देखि मध्यपहाड सम्म खेती गर्न सकिने निम सुख्खा सहने हुँदा  अरु खेती नगरिने बाँझो जमिन सडक छेउ र  जंगलतिर  बढी भेटिन्छ।। कृषिमा मात्र नभई अन्य  क्षेत्रमा समेत यो बनस्पति बाट लाभ लिन सकिन्छ।   ->यसको बिउ वा पात पिसेर वा पिना  तथातेल  बालीनालीमा प्रयोग गर्दा रोग तथा परजीवीको  नियन्त्रण हुन्छ। निमको रसमा डुबाएर तरकारीको बेर्नाको जरा वा बीउको उपचार गर्दा जुकाको प्रकोप काम हुन्छ। निमको पिनाको प्रयोगले माटोको उर्वरता  समेत बढ्छ।  निमको कलिला हागा र हरिया पातहरू ब्याड बनाउदा प्रयोग गर्ने भने  धानको चुसहा किराको नियन्त्रण हुन्छ। निमजन्य कीटनाशक विषादी बजारमा समेत पाइन्छ जसले विभिन्न प्रजातिका किरा नियन्त्रण गर्छ ।   -> बिरुवाको अनेक भाग छाला सम्बन्धी रोग,बाथरोग,मधुमेह,अल्सर मलेरिया ,हृदयरोग ,सर्प र विछिको टोकाइ लगायतका रोग निदान  गर्न उपयोगी मानिन्छ।   ->यसले रातमा कार्बन डाइअक्साड उत्सर्जन नगर्ने हुँदा  स्वच्छ हावा(अक्सिजन)को लागि घर वरिपरि लगाउन  उत्तम हुन्छ। तापक्रम र ध्वनि प्रदुषण घटाउन र यसको  तेल लाम खुट्टे भगाउन प्रयोग गरिन्छ।   -->निमको पात र पिना पशुबस्तु र कुखुरालाई खु

3G cutting कसरि गर्ने ?

Image
  लहरे बालीहरुमा सामान्यतय भाले फूलहरु धेरै लाग्ने तर फल निकै कम लाग्ने गरेको देखिन्छ । 3G cutting गर्नाले लहरे बालीहरुमा तेस्रो पुस्ताको हाँगाहरुमा पोथी फुल मात्रै फुल्ने गर्छन् र सामान्य तरिका भन्दा कयौं गुणा बढी आम्दानि लिन सकिन्छ । 3G cutting कसरि गर्ने त ? मुख्य लहरा (पहिलो पुस्ताको हाँगा) ८-१२ फिटको भएपछि टुप्पोपट्टीको भाग काटेर फालिदिने । त्यसपछि आउने दोस्रो पुस्ताको हाँगाहरुलाइ २-३ ओटाको संख्यामा राख्नुपर्छ । दोस्रो पुस्ताको हाँगा २-३ फिटको भएपछि टुप्पोपट्टिको भाग काटेर फालिदिने । दोस्रो पुस्ताको हाँगाबाट पनि २-३ ओटा तेस्रो पुस्ताको हाँगाहरु पलाउन थाल्छन्। पहिलो पुस्ताको हाँगा (मुख्य लहराको) आख्लाहरुमा सबै फूलहरु भाले फुल मात्रै फुल्छन्। दोस्रो पुस्ताको हाँगामा चाही ३ भाग भाले फूल र १ भाग पोथी फूल फुलेका हुन्छन् । तेस्रो पुस्ताको हाँगामा भएका हरेक आख्लाहरुमा पोथी फूलहरु मात्र फुल्ने गर्छन् र धेरै फलहरु उत्पादन हुन्छ । यसरि हामीले सामान्य तरिका भन्दा ३ जी कटिंगद्वारा धेरै भन्दा धेरै फलहरुको उत्पादन गर्न सक्छौं । ख्याल गर्नैपर्ने कुराहरु - मुख्य लहरामा ४-५ पातको अवस्थासम्म कुनैपन