निमको उपयोगिता:




तराई देखि मध्यपहाड सम्म खेती गर्न सकिने निम सुख्खा सहने हुँदा  अरु खेती नगरिने बाँझो जमिन सडक छेउ र  जंगलतिर  बढी भेटिन्छ।। कृषिमा मात्र नभई अन्य  क्षेत्रमा समेत यो बनस्पति बाट लाभ लिन सकिन्छ।

  ->यसको बिउ वा पात पिसेर वा पिना  तथातेल  बालीनालीमा प्रयोग गर्दा रोग तथा परजीवीको  नियन्त्रण हुन्छ। निमको रसमा डुबाएर तरकारीको बेर्नाको जरा वा बीउको उपचार गर्दा जुकाको प्रकोप काम हुन्छ। निमको पिनाको प्रयोगले माटोको उर्वरता  समेत बढ्छ।  निमको कलिला हागा र हरिया पातहरू ब्याड बनाउदा प्रयोग गर्ने भने  धानको चुसहा किराको नियन्त्रण हुन्छ। निमजन्य कीटनाशक विषादी बजारमा समेत पाइन्छ जसले विभिन्न प्रजातिका किरा नियन्त्रण गर्छ ।

  -> बिरुवाको अनेक भाग छाला सम्बन्धी रोग,बाथरोग,मधुमेह,अल्सर मलेरिया ,हृदयरोग ,सर्प र विछिको टोकाइ लगायतका रोग निदान  गर्न उपयोगी मानिन्छ।

  ->यसले रातमा कार्बन डाइअक्साड उत्सर्जन नगर्ने हुँदा  स्वच्छ हावा(अक्सिजन)को लागि घर वरिपरि लगाउन  उत्तम हुन्छ। तापक्रम र ध्वनि प्रदुषण घटाउन र यसको  तेल लाम खुट्टे भगाउन प्रयोग गरिन्छ।

  -->निमको पात र पिना पशुबस्तु र कुखुरालाई खुवाउदा प्रोटिन प्राप्त हुन्छ। साबुन , दन्तमञ्जन, लुब्रिक्यान्ट  र काठबाट फर्नीचर हस्तकलाका सामान बनाउन सकिन्छ।

Comments

Popular posts from this blog

पूर्वी नेपालको शैक्षिक गन्तव्य बन्दै जिबिका कृषि विज्ञान कलेज:

chutro plant and its uses

कसरी_गर्ने_नर्सरी_स्थापना_र_ब्यवस्थापन: