विक्रम संवत् २०७१ सालमा कृषिमा उच्च शिक्षा दिने र उत्पादन प्रशोधन र बजारीकरणमा योगदान गर्ने उद्देश्यले स्थापित जीविका कृषि सहकारी संस्थाले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन बाट सम्बन्धन लिएर २०७५ सालदेखि जिविका कृषि बिज्ञान कलेज सञ्चालनमा ल्याएको छ । जिबिका कृषि विज्ञान कलेज बिएस्सी कृषि पढाइ हुने कलेज हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित यस कलेजमा अहिले दोस्रो, तेस्रो, र चौथो सेमेस्टरमा विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजमा विषेशगरी प्रदेश नम्बर १,२,३ र ४ का विद्यार्थीहरू अध्ययनरत छन् । जिबिका कृषि बिज्ञान कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन, पूर्वाञ्चल विश्वविद्यालय साथै त्रिभुवन विश्वविद्यालयका दक्ष तथा अनुभवी प्राध्यापकहरु बाट पठनपाठन भइरहेको छ। कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गाई, बंगुर, बाख्रा, कुखुरा, हाँस, विभिन्न उन्नत जातका घाँसहरु, ड्रागन फल लगायतका बाली तथा वस्तुहरूको आधुनिक फाम निर्माणसमेत गरिरहेको छ । अहिले विद्यार्थीहरु एकदमै उत्सुकताका साथ धेरै कुराहरु सिक्न पाइराखेको बताउँछन्। अहिले भ...
Comments
Post a Comment