तरकारी नर्सरी भन्ने बित्तिकै हामीले कुनै ठाउँ वा स्थान जहाँ कलीला तरकारीका बिरुवालाई रोप्नका निम्ती अर्को स्थायी ठाउँसम्म नलैजादा अन्त्यन्त स्याहार गरिने स्थललाई बुझ्नुपर्दछ । सामान्यतय,तरकारी बाली बिउ वा आमा बोटबाट प्राप्त हुने भागबाट खेती गरिन्छ। सिधै बिउबाट लगाईने तरकारी बालिमा भिन्डी, केराउ, बकुल्ला, बोडी,मुला, सलगम, गाजर, फर्सी, साग, धनीया, मेथी,आदी छन भने आमा बोटको भागबाट लगाईने तरकारीमा पिडालु,अदुवा, बेसार, आलु, कुरिलो, पर्वल, कुद्रुम, आदी पर्दछन। तर त्यहा त्यस्ता तरकारीका जात पनि छन जसको बिउ अतिनै सानो हुन्छ र पहिले बिउ छरेर नर्सरी राखिन्छ अनी उपयुक्त बेला आएपछी खेतमा लगाईन्छ। यसरी सारीने तरकारी बालिमा काउली, बन्दा,ब्रोकाउली, प्याज, गोलभेडा, भान्टा, खुर्सानी आदी पर्दछन। निम्न कारणका लागि तरकारी पहिले नर्सरिमा लगाइने गरिन्छ:- १)नर्सरिमा बिउ उम्रन र सप्रन चाहिने उपयुक्त अवस्थाको सिर्जना गर्न सकिन्छ। २) साना तथा कलीला बोटहरुमा लाग्ने किरा,झार अनी किटाणुको आक्रमणबाट बिरुवालाई बाचाउन र हेरबिचार गर्न सानो ठाउमा सहज हुन्छ। ...
Comments
Post a Comment