एभोकाडो फल Avocado र यसको खेती प्रबिधि :-



 एभोकाडो फल Avocado र यसको खेती प्रबिधि :-

      

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ !

 मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो !

सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ !

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ !

पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् !

नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् !

संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ !

नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् !

पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ !

नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ !

एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको ३  देखि ५ वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल)सम्म फल्न सक्छ !


खेति प्रविधि :

=============

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ !

माटोको पी एच 5.5 देखि 6.5 भएको ठाउमा राम्रो हुन्छ !

3 ft लम्बाई 3 ft चौडाईको खाडल खन्नु पर्छ !

१: १ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ !

बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ ! रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ !

रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ !

बिरुवा रोपेको ३  देखि ५ बर्षमा फल फल्ने गर्छ !फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ !

श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र- असोज हो !!

Comments

Popular posts from this blog

काक्रो खेती प्रबिधी र यसको उपयोगीता:

True Potato Seed (TPS) आलु खेति प्रबिधि

3G cutting कसरि गर्ने ?