कन्ये च्याउको परिचय र महत्व -:






च्याउ एक कसिमिको हरतिकण नभएको ढुसी हो। जङ्गली र खेती गरिँदै आएका समेत गरी नेपालमा करिब ७०० प्रजातिका च्याउ पाइन्छन्। यसमध्ये कतिपय विषालु प्रकृतिका छन्। वनजँगलमा पाइने विभिन्न प्रकारका च्याउ हजारौँ वर्ष देखि मानिसहरुले  खाँदै आएका छन्। सुरक्षीत रुपमा च्याउ उपभोग गर्नका लागि उत्पादकले उन्नत प्रविधि अपनाएर उत्पादन गर्नुपर्ने हुन्छ र उपभोक्ताले पनि सुरक्षीत तवरले उत्पादित च्याउ मात्र प्रयोग गर्नुपर्ने हुन्छ। आजकल कृत्रिम तरिकाले आफ्नै घर, गोठ आदि ठाउँमा खेती गरी वर्षै भरी च्याउ उत्पादन गर्न सकिन्छ । व्यावसायिक रूपमा पनि सजिलैसँग उत्पादन गर्न सकिने विभिन्न खालका च्याउहरु मध्ये कन्ये च्याउले महत्वपूर्ण स्थान ओगटेको छ । च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्वहरू पाइने र सजिलैसँग पचाउन सकिने भएकोले बच्चादेखि बूढाबूढीहरूका लागि अति उपयोगी छ । यसमा प्रायः सबै किसिमका एमिनो एसिडलगायत विभिन्न किसिमका प्रोटिनहरुको अतिरिक्त च्याउमा खनिज पदार्थहरू, चिल्लो पदार्थका साथै कार्वोहाइडे«ट्स पनि प्रशस्त मात्रामा पाइन्छ । 


 च्याउमा पाइने पौष्टिक तत्वहरु:

 

क्र। सं।      पौष्टिक तत्वहरू      प्रतिशत (मिलिग्राम

            प्रति १०० ग्राम  

१  पानीको मात्रा             ९०.८९–९१.२ 

२  प्रोटिन                       २८–३० 

३  चिल्लो पदार्थ             १६–१७६ 

४  कार्वोहाइड्रेट                ५४.८–५६.४ 

५  कच्चा रेसा            १०.९–११.० 

६  खरानी                      ९.८–१०.२ 

७  फलाम                      १२०–१२२ 

८  क्याल्सियम           ३४–३५ 

९  फस्फोरस           १२६४–१४२७ 

१०  पोटासियम           २६८०–२७९० 

११  कोलिन                     ९०–९५ 


च्याउको बीउ, आवश्यक सामग्री र जातको पहिचान :

कन्ये च्याउ र गोबे्र च्याउको बीउ हेर्दा फरक छुट्याउन सकिँदैन, तसर्थ यसलाई बीउ राखेको भाँडोमा वा बोतलमा नै लेखिएको लेवलबाट छुट्याउनु पर्दछ । बजारमा च्याउको बीउ किन्दा च्याउको नाम भनेर किन्नु पर्दछ । व्यापारिक रुपमा कन्ये च्याउको बीउ गहुँको दानामा ढुसी फैलाइ उत्पादन गरिन्छ ।

च्याउको बीउ बोतलमा राखिसके पछि राम्ररी ढुसी फैलिने हुनु पर्दछ नत्र उत्पादनमा कमी आउँछ । साधारणतया बोतलमा बीउ राखेको १५ देखि १८ दिन पछि कन्ये च्याउको बीउ बोतलमा राम्रोसँग फैलिन्छ । नेपालमा विशेषगरी दुई प्रकारका कन्ये च्याउका जातहरु पाइन्छन् । ती हुन् प्लुरोटस साजोर–काजु र प्लुरोटस ओइस्ट्राटस । 

 च्याउको बीउ प्लास्टिकको पाउँचमा र बोतलमा तयार गरेको पाइन्छ । ढुवानी गर्न कठिन स्थानमा पाउँचको बीउ उपयुक्त हुन्छ भने नजिकको क्षेत्रमा बोतलको बीउ उपयुक्त हुन्छ । 


प्लुरोटस साजोर–काजु–  जातको च्याउको खेती सामान्यतया परालमा ८००–१४०० मिटरको उचाइमा चैत्रदेखि कार्तिक महिनासम्म २०–३० सेन्टिग्रेड तापक्रममा र सो भन्दा कम उचाइमा कार्तिकदेखि माघ महिनासम्म २०–३० सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ । यसका लागि सापेक्षिक आर्द्रता ८०% हुनु पर्दछ । यसको पूर्ण र राम्रोसँग फल्ने अवस्था २८ सेन्टिग्रेड तापक्रम मानिन्छ । 


प्लुरोटस ओइस्ट्राटस – हिउँदको जाडो मौसममा प्लुरोटस ओइस्ट्राटस जातको कन्ये च्याउको खेती गर्दा बढी आम्दानी लिन सकिन्छ । यो जातको च्याउको खेती भदौ असोज महिनाबाट गर्दा राम्रो हुन्छ । यसका लागि १५–२० सेन्टिग्रेडको तापक्रम राम्रोहुन्छ र सापेक्षिक आर्द्रता ८०% भन्दा बढी हुनु पर्दछ । प्रायः जसो कन्ये जातका च्याउहरु फल्न औसत तापक्रम २३  सेन्टिग्रेड उपयुक्त भएको पाइन्छ ।

Comments

Popular posts from this blog

काक्रो खेती प्रबिधी र यसको उपयोगीता:

True Potato Seed (TPS) आलु खेति प्रबिधि

3G cutting कसरि गर्ने ?