3G cutting कसरि गर्ने ?


 


लहरे बालीहरुमा सामान्यतय भाले फूलहरु धेरै लाग्ने तर फल निकै कम लाग्ने गरेको देखिन्छ । 3G cutting गर्नाले लहरे बालीहरुमा तेस्रो पुस्ताको हाँगाहरुमा पोथी फुल मात्रै फुल्ने गर्छन् र सामान्य तरिका भन्दा कयौं गुणा बढी आम्दानि लिन सकिन्छ । 3G cutting कसरि गर्ने त ?

मुख्य लहरा (पहिलो पुस्ताको हाँगा) ८-१२ फिटको भएपछि टुप्पोपट्टीको भाग काटेर फालिदिने ।

त्यसपछि आउने दोस्रो पुस्ताको हाँगाहरुलाइ २-३ ओटाको संख्यामा राख्नुपर्छ ।

दोस्रो पुस्ताको हाँगा २-३ फिटको भएपछि टुप्पोपट्टिको भाग काटेर फालिदिने ।

दोस्रो पुस्ताको हाँगाबाट पनि २-३ ओटा तेस्रो पुस्ताको हाँगाहरु पलाउन थाल्छन्।

पहिलो पुस्ताको हाँगा (मुख्य लहराको) आख्लाहरुमा सबै फूलहरु भाले फुल मात्रै फुल्छन्।

दोस्रो पुस्ताको हाँगामा चाही ३ भाग भाले फूल र १ भाग पोथी फूल फुलेका हुन्छन् ।

तेस्रो पुस्ताको हाँगामा भएका हरेक आख्लाहरुमा पोथी फूलहरु मात्र फुल्ने गर्छन् र धेरै फलहरु उत्पादन हुन्छ ।

यसरि हामीले सामान्य तरिका भन्दा ३ जी कटिंगद्वारा धेरै भन्दा धेरै फलहरुको उत्पादन गर्न सक्छौं ।

ख्याल गर्नैपर्ने कुराहरु

- मुख्य लहरामा ४-५ पातको अवस्थासम्म कुनैपनि हाँगाहरु आउन दिनु हुदैन, आएको छ भने फालिदिनु पर्छ ।

- ३ जी कटिंग प्रविधिद्वारा धेरै फल लाग्ने भएकोले बिरुवालाई मल खाद सामान्य भन्दा अलि बढी हाल्नुपर्छ ।

Comments

Popular posts from this blog

काक्रो खेती प्रबिधी र यसको उपयोगीता:

True Potato Seed (TPS) आलु खेति प्रबिधि