तेलहन बाली तिल(sesame) खेती प्रविधि :




 

तराई ,भित्री मधेस, मध्यपहाडी बेशी र टारहरुमा तिलको व्यावसायिक खेती गर्न सकिन्छ। तिलको खेती तेलका लागि गरिए पनि यसको दाना अचार, मिठाई, लड्डुका लागि र पिना विरुवामा मलको रुपमा प्रयोग हुन्छन्।


यसले न्यानो हावापानी मन पराउने हुँदा १२५० मिटरको उचाईसम्म राम्रो उत्पादन लिन सकिन्छ।


तिलको बृद्धि विकासको लागि २५-२७ डिग्री से. तापक्रमको आवश्यक पर्दछ।


लामो खडेरी,लगातार वर्षा र पानी जम्ने अवस्थामा बाली फस्टाउदैन।

प्राय सबैखाले माटोमा तिलको खेती गर्न सकिन्छ। 


पिएच ५.५-८ भएको माटो उपयुक्त हुन्छ।


नेपालमा प्रचलित जातहरु:नवलपुर खैरो, सि एच २(कालो) ,एसेसन नम्बर ६८५८(सेतो)


कतै बसन्ते बालीको रूपमा माघ फाल्गुन तिर लगाइन्छ भने कतै बैशाख अन्त्यतिरबाट असार सम्म लगाइन्छ।


बिउ लगाउदा ३० सेमीको फरकमा २-३अंगुल गहिरो रोप्नुपर्छ।


एक हेक्टरको लागि ५-७ केजी बीउको आवश्यकता पर्दछ।


एक हेक्टरमा १०००-१२०० केजी उत्पादन लिन सकिन्छ।

Comments

Popular posts from this blog

काक्रो खेती प्रबिधी र यसको उपयोगीता:

True Potato Seed (TPS) आलु खेति प्रबिधि

3G cutting कसरि गर्ने ?