भुँई स्याउ(Ground Apple or Yacon) काे उपयाेगीता र अाैंषधीय गुणहरू :
भुँई स्याउलाई एक किसिमकाे बहु उपयाेगी बालीकाे रूपमा लिन सकिन्छ । यसलाई अङ्ग्रेजीमा ग्राउन्ड एपल(Ground Apple) भनिन्छ । याे बिरूवालाई याकाेन (Yacon) पनि भनिन्छ । यसकाे उपयाेगिताहरू निम्न छन् ।
१.पातलाई चियाकने रूपमा उपयाेग गर्न सकिन्छ ।
२. जरा वा गानाेलाई सलाद, जुस, सिरप र सुकनएर चानाकाे रूपमा उपयाेग गर्न सकिन्छ ।
अाैंषदीय गुणहरू :
१. याे बिरूवाकाे पात र जरामा Inulin तत्व पाईन्छ । जसकाे कारणले गर्दा गुलियाे पना हुन्छ । जुन गुलियाे पना हाम्रो शरीरले पाचन गर्न सक्दैन । तसर्थ याे सुगर राेगीहरूकाे लागि एकदम उपयाेगि हुन्छ र शरिरकाे काेल्ड स्ताेर घटाउन मदत गर्दछ ।
२. यसकाे जरा सेवनले पाचन क्रियामा सहयोग पुर्याउँछ ।
३. यसमा रहेकाे anti oxidant तत्वले क्यानसर जस्ताे प्राणघातक राेग लाग्नु बाट बचाउँछ ।
४. याे बिरूवामा एक किसिमकाे तत्व पाईन्छ जसलाई Fructooligosaccharides(FOS) भनिन्छ । यो तत्वले मनब शरिरमा insulin उत्पादन गर्न सहयाेग पुर्याउँछ । यने नियमित सेवनले माेटाेपन घटाउनुकाे साथै शरिरमा चिनीकाे लेभल घटाउन सहयाेग गर्छ ।
५. यसमा भिटामिन ए र भिटामिन सी पनि प्रचुर मात्रामा पाईने हुनाले राेगसँग लड्ने क्षमता वृद्धि गर्दछ ।
Comments
Post a Comment