पूर्वी नेपालको शैक्षिक गन्तव्य बन्दै जिबिका कृषि विज्ञान कलेज:

विक्रम संवत् २०७१ सालमा कृषिमा उच्च शिक्षा दिने र उत्पादन प्रशोधन र बजारीकरणमा योगदान गर्ने उद्देश्यले स्थापित जीविका कृषि सहकारी संस्थाले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन बाट सम्बन्धन लिएर २०७५ सालदेखि जिविका कृषि बिज्ञान कलेज सञ्चालनमा ल्याएको छ । जिबिका कृषि विज्ञान कलेज बिएस्सी कृषि पढाइ हुने कलेज हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित यस कलेजमा अहिले दोस्रो, तेस्रो, र चौथो सेमेस्टरमा विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजमा विषेशगरी प्रदेश नम्बर १,२,३ र ४ का विद्यार्थीहरू अध्ययनरत छन् । जिबिका कृषि बिज्ञान कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन, पूर्वाञ्चल विश्वविद्यालय साथै त्रिभुवन विश्वविद्यालयका दक्ष तथा अनुभवी प्राध्यापकहरु बाट पठनपाठन भइरहेको छ। कलेजले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गाई, बंगुर, बाख्रा, कुखुरा, हाँस, विभिन्न उन्नत जातका घाँसहरु, ड्रागन फल लगायतका बाली तथा वस्तुहरूको आधुनिक फाम निर्माणसमेत गरिरहेको छ । अहिले विद्यार्थीहरु एकदमै उत्सुकताका साथ धेरै कुराहरु सिक्न पाइराखेको बताउँछन्। अहिले भइराखेको गाई फार्म विस्तारका लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग एक करोड संस्थाले र एक करोड आयोजनाले बेहोर्ने गरी सम्झौताअनुसार काम पनि भइरहेको छ । दाना उत्पादनका लागि गोदाम घर र डेरी सञ्चालनका लागि भवन र चिलिङ भ्याट समेत बनिसकेको छ । यस्तै गड्यौले मल र साइलेज पिट समेत निर्माण भइसकेको छ। करिब २० बिघामा फैलिएको यस संस्थाले धेरै योजनाहरू बनाएको छ। संस्थाका केही आगामी योजनाहरु यसप्रकार रहेछन् । १. सिटिइभिटी सँग सम्बन्धन - यस संस्थाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद बाट सम्बन्धन लिएर छोटो अवधिको तालिम सञ्चालन गर्ने योजना बनाएको रहेछ । कृषि र भेटेरिनरी सँग सम्बन्धित बाख्रापालन, डेरी, भेजिटेवल प्रोसेसिङ, बेमौसमी तरकारी खेती लगायतका विभिन्न विषयमा सम्बन्धन लिनका लागि आवश्यक कार्य अगाडि बढाइसकेको र सम्बन्धन पाएपछि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर कार्यक्रमहरु अगाडि बढाउने कुरा प्रिन्सिपल डा. डिल्लीराम सेडाई ले जानकारी दिनुभयो । २. जिबिका कृषि विज्ञान कलेजले कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने र किसानहरुका लागि कृषि व्याबसाय कार्यक्रम सञ्चालन गर्ने समेत योजना रहेछ । जसमा कलेजले विज्ञहरुलाई कृषकका घरमा गएर कृषकको प्रविधि र व्यवसाय प्रवर्द्धन को बारेमा पाठ्यक्रम बनाएर ज्ञान र सीप सिकाउने छन् । कृषि प्राविधिकहरुलाई समुदायमा विस्तार गर्न प्रदेश सरकार र स्थानीय सरकार साथै सामाजिक संघसंस्थाहरुसँग समेत समन्वय गर्ने योजना रहेको संस्थाले जनाएको छ। ३. जीविका कृषि विज्ञान कलेजले कृषि व्यवसायलाई प्रवर्द्धन गर्न जलवायु मैत्री गाई फारम, बाख्रा पालन, दाना उत्पादन, बाछाबाछि उत्पादन, माछा तथा तरकारी उत्पादनमा जलवायु मैत्री पद्धति अपनाएर कार्यक्रमहरु अगाडि बढाउने योजना रहेछ । समुदायमा समेत यो विधि प्रसार गर्ने र गर्न उत्प्रेरणा जगाउने साथै यसका लागि आवश्यक पर्ने प्राविधिक र सैद्धान्तिक ज्ञान कलेजको प्राबिधिक टिमले नै दिनेछ । ४. जिबिका कृषि विज्ञान कलेजले प्रयोगात्मक कक्षा हरुका लागि विभिन्न प्रविधियुक्त आधुनिक फारामहरु निर्माण गर्दैछ । यस्ता फार्महरुले विद्यार्थीको प्रयोगात्मक कक्षाका लागि महत्वपूर्ण सहयोग गर्नेछ । साथै कलेजले समुदायलाई कृषिसँग सम्बन्धित सेवाहरु जस्तै माटो परीक्षण, बाली संरक्षण, बीउ प्रविधिका लागि आवश्यक सहयोग समेत गर्ने योजना बनाएको छ । अहिले कलेज सुरुवाती चरणमा रहेको, धेरै कामहरु हुँदै गरेको र धेरै कामहरुका योजनाहरु बन्दै गरेको साथै आगामी दिनमा कलेज एउटा कलेजको रूपमा मात्र नभई विभिन्न अनुसन्धानात्मक क्रियाकलापहरु संचालन गर्ने ठाउँ बन्नेछ भन्दै कलेजका प्रिन्सिपल डा. डिल्लीराम सेढाईंले सम्पूर्ण विद्यार्थीहरुलाई कृषि विषय अध्ययन गर्न जीविका कृषि बिज्ञान कलेजमा जोडिन अनुरोध गर्नुभएको छ। यसैगरी हामीसँग कुरा गर्दै जीविका कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र अधिकारी र जीविका कृषि कलेज तथा सहकारीका व्यवस्थापक शिवकुमार डाँगीले हामी सबैजना मिलेर यस जिबिका कृषि विज्ञान कलेजलाई एउटा नमूना कलेज मात्र हैन पूर्वी क्षेत्रकै एउटा नमुना शैक्षिक गन्तव्य बनाउने लक्ष्य समेत रहेको बताउनुभयो। कलेजका गतिविधि सँग सम्बन्धित केही फोटोहरु तल राखिएको छ ।

Comments

Popular posts from this blog

काक्रो खेती प्रबिधी र यसको उपयोगीता:

True Potato Seed (TPS) आलु खेति प्रबिधि

3G cutting कसरि गर्ने ?