कसरी छान्ने स्वस्थ धानको वीउ ?


 


१ बीउ छान्ने तरिका :

उम्रने बीउ मात्र छान्नका लागि बाल्टी वा भाँडोमा पानी भरेर त्यसको पिँधमा कुखुराको नबिग्रेको अण्डा राख्ने । त्यो पानीमा खाने नुन थप्दै जाने । अण्डा पानीमा उत्रेपछि नुन थप्न बन्द गर्ने । बीउलाई पानी भरिएको भाँडोमा राखेर हातले राम्ररी चलाएर २ देखि ५ मिनेट जति त्यतिकै छाडीदिने । उत्रेको सबै बीउ हटाउने र पिँधमा थिग्रिएको बीउलाई तुरुन्तै सफा पानीमा २ देखि ३ पटक राम्ररी सफा गर्ने ।


२ बीउको उपचार :

बीउलाई उपचार गर्न प्रति किलो बीउमा २ ग्राम बेभिष्टिन नामक बिषादि राम्ररी चलाएर सबैतिर मिलाउनु पर्छ । यसरी उपचार गरिएको बीउलाई १२ घन्टा राखेर भिजाउनुपर्छ । २४ देखि ४८ घण्टासम्म ढड्याउँदा बीउमा अङ्कुरण भइसकेपछि मात्र ब्याड (नर्सरी) मा छर्नुपर्छ ।


३ छानेको बीउमा भिन्नताः

थिग्रिएको बीउको तौल तैरिएको भन्दा १५ देखि २५ प्रतिशतले बढी हुन्छ । थिग्रिएका बीउ पोटिला, दाग कम भएका र चहकिला हुन्छन् । फलस्वरुप धानको उत्पादन र गुणस्तर बढ्छ। ठाउँ र अवस्था हेरी साधारणतया १० देखि १५ प्रतिशतसम्म उत्पादन बढेको पाइन्छ!


स्रोत: #कृषि_गुरु

Comments

Popular posts from this blog

पूर्वी नेपालको शैक्षिक गन्तव्य बन्दै जिबिका कृषि विज्ञान कलेज:

chutro plant and its uses

कसरी_गर्ने_नर्सरी_स्थापना_र_ब्यवस्थापन: